नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा
नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो अस्पतालका विशेषज्ञले सेवा दिनेछन् ।
योसंगै मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सेवा स्तरीय हुनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्स काठमाडौं बीच १८ बुँदे सहमतिसंगै अस्पतालको न्यूरो सेवा स्तरीय हुने भएको छ । यो सहमतिसंगै पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरीय सेवा प्रवाह हुन बिश्वास लिइएको छ। नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा न्यूरो अस्पतालबाट तीन जना सियिनर न्यूरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह(निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
यसरी खटाइएक न्यूरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्यूरोसर्जनले प्राईभेटमा प्रयाक्टिस गर्न भने पाउने छैनन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरो सम्बन्धि विरामीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा पठाउने व्यवस्था गरिने पनि सहमति भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकातर्फबाट प्रबन्ध संचालक डा। सुरेश कुमार कानोडिया र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्सकातर्फबाट अध्यक्ष डा। बसन्त पन्तले हस्ताक्षर गर्नुभएको सहमतिमा अन्नपूर्ण न्यूरो अस्पतालले प्राबिधिक हाराहारीमा सेवा बिस्तार गरिनेछ ।
सहमती पत्रको पुर्ण पाठ
- NGMC को Department of Neuroscience ANIAS को प्राविधिक सहयोग र सुझाव मा संयुक्त रुपले संचालन हुने छ । यसरी पश्चिम नेपालका बिरामीहरुलाई Neuroscience को क्षेत्रमा उच्च स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
- Nepalgunj Medical College को कोहलपुर नेपालगंज दुइटै ठाउको Neuroscience Dept ANIAS / NGMC को संयुक्त संचालनमा रहने छन । यसरी संचालनमा आएको Neuroscience Department को ओ.पि.डि. वार्ड, सघन कक्ष साथै प्रेस्किप्सन आदिमा ANIAS संगको सहकार्य रहेको LOGO रहनु पर्ने छ ।
- यस सहमति अनुसार ANIAS बाट खटिएका न्युरोसर्जनले प्राईभेट प्रैक्टिस गर्न पाउने छैनन ।
- NGMC मा ANIAS को तर्फबाट ३ जना सियिनर न्युरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने छ । यसरि खटाइएको न्युरो टिमलाई NGMC ले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिनेछ ।
- (ANIAS NGMC बिच भएको थप सम्झौता पत्र बमोजिमको रकम NGMC ले ANIAS लाई उपलब्ध गराउने छ । सो रकमबाट ANIAS ले आफ्नो टिमलाई प्रत्येक ३ महिनाको अन्तरालमा भत्ता प्रदान गर्ने छ र बचेको रकम Social works CME / गोष्ठी Staff Training मा खर्च गरिने छ ।
- ANIAS ले NGMC का PG resident, Doctor र अन्य staff हरुलाई Neurosurgical सम्बन्धी आवश्यक Training को अबसर प्रदान गर्ने छ।
- NGMC मा न्युरो सर्जिकल सेवा सम्बन्धि जुनसुकै शैक्षिक कार्यक्रम, सेमिनार, गोष्ठि, Publication लगायतका शैक्षिक क्रियाकलापहरु दुवै पक्षद्वारा संयुक्त रुपमा गरिने छ ।
- ANIAS बाट NGMC अस्पतालमा नियुक्त भएका न्युरो सर्जन तथा मिजिटिश न्यूरो सर्जनहरुलाई आवश्यक शैक्षिक उपाधि प्रदान गर्ने आवश्यक प्रबन्ध मिलाउन NGMC ले कार्य अगाडि बढाउने छ ।
- न्यूरो सेवालाई आवश्यक पर्ने मेडिकल अफिसर, नर्स तथा प्यारा मेडिकल तथा अन्य आवश्यक जनशक्ति तलब तथा अन्य सुविधाहरु NGMC ले उपलब्ध गराउने छ ।
- न्युरो सर्जिकल सेवाका लागि चाहिने उपकरण तथा अन्य भौतिक पूर्वाधारका सामाग्रीहरु NGMC ले उपलब्ध गराउने र ANIAS को सिफारिसमा उपकरणहरु समय सापेक्ष रुपमा स्तरोन्नती गर्दै लैजान छ ।
- ANIAS बाट NGMC मा खटिएका न्युरो सर्जन कुनै कारण विदामा बस्नुपरेमा वा न्युरोसंग सम्बन्धित कार्यका लागी ANIAS बाट काजमा खटिएका डाक्टरहरूका लागि आवास तथा अवातजावतका लागी टिकटको व्यवस्था र उचित Daily Allowance NGMC ले गर्ने छ ।
- ANIAS लाई कुनै पनि आर्थिक भार नपर्ने गरि NGMC मा न्युरो साइन्सको विकासमा सहयोग र सहकार्य हुनेछ ।
- न्युरो बिरामीहरु संग सम्बन्धित सबैको ओ.पि.डि. आई. पि.डि. अप्रेसन, डिस्चार्ज तथा उपचारमा रहेका बिरामीहरुको फोटो सहितको डाटावेस मा राख्ने व्यवस्था NGMC से मिलाउने छ । यसरी राखिएको Database रेकर्ड मा ANIAS र NGMC को संयुक्त अधिकार रहने छ ।
- NGMC मा उपचार गरिएका बिरामी प्रतिको दायित्व NGMC र उपचारमा संलग्न चिकित्सकको हुने छ । यसमा ANIAS को कुनै प्रकारको दायित्व रहने छैन ।
- संयुक्त प्रयासबाट शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरु एक आपसमा समन्वय गरी संचालन गरिने छ । यस्ता कार्यक्रमहरुका लागि न्यूरो विभागसँग सम्बन्धित सम्पूर्ण डाटा तथा रेकर्डहरु अवलोकन, अध्ययन गर्न NGMC ने ANIAS लाई उपलब्ध तथा सहयोग गर्ने छ । यसका साथै ANIAS बाट गएको Neuro Expert द्वारा गरिएको हरेक क्रियाकलापको आर्थिक विवरण पनि NGMC से उपलब्ध गर्ने छ ।
- NGMC मा उपचार सम्भव नभएका न्यरो सम्बन्धि विरामीलाई ANIAS मा पठाउने व्यवस्था गरिने छ।
- यस सहमतिमा थपघट तथा संशोधन गर्नु पर्ने भएमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिने छ ।
- कुनै पक्षले यो सम्झौता भंग गर्न चाहेमा ३ महिना अगावै लिखित सूचना दिएर मात्र सम्झौता रद्द गर्न पाईने छ ।