Search Result

Home/ Search Result
नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

ol li {margin-bottom:5px} नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो अस्पतालका विशेषज्ञले सेवा दिनेछन् । योसंगै मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सेवा स्तरीय हुनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्स काठमाडौं बीच १८ बुँदे सहमतिसंगै अस्पतालको न्यूरो सेवा स्तरीय हुने भएको छ । यो सहमतिसंगै पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरीय सेवा प्रवाह हुन बिश्वास लिइएको छ। नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा न्यूरो अस्पतालबाट तीन जना सियिनर न्यूरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह(निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो । यसरी खटाइएक न्यूरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्यूरोसर्जनले प्राईभेटमा प्रयाक्टिस गर्न भने पाउने छैनन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरो सम्बन्धि विरामीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा पठाउने व्यवस्था गरिने पनि सहमति भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकातर्फबाट प्रबन्ध संचालक डा। सुरेश कुमार कानोडिया र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्सकातर्फबाट अध्यक्ष डा। बसन्त पन्तले हस्ताक्षर गर्नुभएको सहमतिमा अन्नपूर्ण न्यूरो अस्पतालले प्राबिधिक हाराहारीमा सेवा बिस्तार गरिनेछ । सहमती पत्रको पुर्ण पाठ NGMC को Department of Neuroscience ANIAS को प्राविधिक सहयोग र सुझाव मा संयुक्त रुपले संचालन हुने छ । यसरी पश्चिम नेपालका बिरामीहरुलाई Neuroscience को क्षेत्रमा उच्च स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। Nepalgunj Medical College को कोहलपुर नेपालगंज दुइटै ठाउको Neuroscience Dept ANIAS / NGMC को संयुक्त संचालनमा रहने छन । यसरी संचालनमा आएको Neuroscience Department को ओ.पि.डि. वार्ड, सघन कक्ष साथै प्रेस्किप्सन आदिमा ANIAS संगको सहकार्य रहेको LOGO रहनु पर्ने छ । यस सहमति अनुसार ANIAS बाट खटिएका न्युरोसर्जनले प्राईभेट प्रैक्टिस गर्न पाउने छैनन । NGMC मा ANIAS को तर्फबाट ३ जना सियिनर न्युरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने छ । यसरि खटाइएको न्युरो टिमलाई NGMC ले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिनेछ । (ANIAS NGMC बिच भएको थप सम्झौता पत्र बमोजिमको रकम NGMC ले ANIAS लाई उपलब्ध गराउने छ । सो रकमबाट ANIAS ले आफ्नो टिमलाई प्रत्येक ३ महिनाको अन्तरालमा भत्ता प्रदान गर्ने छ र बचेको रकम Social works CME / गोष्ठी Staff Training मा खर्च गरिने छ । ANIAS ले NGMC का PG resident, Doctor र अन्य staff हरुलाई Neurosurgical सम्बन्धी आवश्यक Training को अबसर प्रदान गर्ने छ। NGMC मा न्युरो सर्जिकल सेवा सम्बन्धि जुनसुकै शैक्षिक कार्यक्रम, सेमिनार, गोष्ठि, Publication लगायतका शैक्षिक क्रियाकलापहरु दुवै पक्षद्वारा संयुक्त रुपमा गरिने छ । ANIAS बाट NGMC अस्पतालमा नियुक्त भएका न्युरो सर्जन तथा मिजिटिश न्यूरो सर्जनहरुलाई आवश्यक शैक्षिक उपाधि प्रदान गर्ने आवश्यक प्रबन्ध मिलाउन NGMC ले कार्य अगाडि बढाउने छ । न्यूरो सेवालाई आवश्यक पर्ने मेडिकल अफिसर, नर्स तथा प्यारा मेडिकल तथा अन्य आवश्यक जनशक्ति तलब तथा अन्य सुविधाहरु NGMC ले उपलब्ध गराउने छ । न्युरो सर्जिकल सेवाका लागि चाहिने उपकरण तथा अन्य भौतिक पूर्वाधारका सामाग्रीहरु NGMC ले उपलब्ध गराउने र ANIAS को सिफारिसमा उपकरणहरु समय सापेक्ष रुपमा स्तरोन्नती गर्दै लैजान छ । ANIAS बाट NGMC मा खटिएका न्युरो सर्जन कुनै कारण विदामा बस्नुपरेमा वा न्युरोसंग सम्बन्धित कार्यका लागी ANIAS बाट काजमा खटिएका डाक्टरहरूका लागि आवास तथा अवातजावतका लागी टिकटको व्यवस्था र उचित Daily Allowance NGMC ले गर्ने छ । ANIAS लाई कुनै पनि आर्थिक भार नपर्ने गरि NGMC मा न्युरो साइन्सको विकासमा सहयोग र सहकार्य हुनेछ । न्युरो बिरामीहरु संग सम्बन्धित सबैको ओ.पि.डि. आई. पि.डि. अप्रेसन, डिस्चार्ज तथा उपचारमा रहेका बिरामीहरुको फोटो सहितको डाटावेस मा राख्ने व्यवस्था NGMC से मिलाउने छ । यसरी राखिएको Database रेकर्ड मा ANIAS र NGMC को संयुक्त अधिकार रहने छ । NGMC मा उपचार गरिएका बिरामी प्रतिको दायित्व NGMC र उपचारमा संलग्न चिकित्सकको हुने छ । यसमा ANIAS को कुनै प्रकारको दायित्व रहने छैन । संयुक्त प्रयासबाट शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरु एक आपसमा समन्वय गरी संचालन गरिने छ । यस्ता कार्यक्रमहरुका लागि न्यूरो विभागसँग सम्बन्धित सम्पूर्ण डाटा तथा रेकर्डहरु अवलोकन, अध्ययन गर्न NGMC ने ANIAS लाई उपलब्ध तथा सहयोग गर्ने छ । यसका साथै ANIAS बाट गएको Neuro Expert द्वारा गरिएको हरेक क्रियाकलापको आर्थिक विवरण पनि NGMC से उपलब्ध गर्ने छ । NGMC मा उपचार सम्भव नभएका न्यरो सम्बन्धि विरामीलाई ANIAS मा पठाउने व्यवस्था गरिने छ। यस सहमतिमा थपघट तथा संशोधन गर्नु पर्ने भएमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिने छ । कुनै पक्षले यो सम्झौता भंग गर्न चाहेमा ३ महिना अगावै लिखित सूचना दिएर मात्र सम्झौता रद्द गर्न पाईने छ ।

Read More
नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल

३० साउन, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा. निरज घिमिरे र डा. सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् । खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्‍याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो । ‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा. निरज घिमिरेले भने, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’ चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को– खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । खगाको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ । ‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किएकी छन् । ‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा. गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’ डा. गौतम काठमाडौंको वीर अस्पतालबाट र डा. घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम.सी.एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत छन् । उनीहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा. नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा. कपिल पोखरेल, एसिस्टेन्ट डा. अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न थिए । अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा. नविन रेग्मी बताउँछन् । ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं,’ उनले भने । अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थालेकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताइन् । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’ न्यूरो सर्जन डा. गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ । यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा. गौतम बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ । ‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा. गौतम भन्छन्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।’

Read More