Notice
Admissions for MBBS & BDS Programs (2025) are now open for NEET 2025 Applicants!! For More Details WhatsApp: ‪+977 9848030421
  • Phone:+977 081 590908, +977 081 533518
  • Email: [email protected]
  • Careers
  • Alumni Login
  • Contact Us
logo
Apply Now
  • Home
    • Introduction
    • Community Health Program
    • Recent News & Events
  • Discover
    • About Us
      • Vision/Mission
      • History
      • Leadership
      • Administration
      • Anti-Ragging Policy
      • Corporate Relations
      • Principal's Message
      • Chairman's Message
      • Founder/Director
      • A Message from the CEO
    • Campus Life
      • Hostel
      • Around Campus
      • Around Nepalgunj
      • Student Affairs
      • Student Welfare Committee
      • Libraries
    • Why Nepalgunj?
  • Study
    • Programs
      • Undergraduate (UG)
      • Post Graduate (PG)
      • Fellowship
      • Super-Specialty
      • Short Term Training/Courses
    • Admissions
      • Nepalese/Domestic
      • International/Foreign
      • Eligibility/ Criteria (MBBS)
      • Entrance Exams
    • Important Links
      • Fees
      • Scholarship
      • Medical Education Commission (MEC)
      • Kathmandu University
      • Nepal Medical Council
    • Downloads
      • e-Prospectus
      • Publication
  • Campus/Hospital
    • Chisapani Campus (Basic Science)
    • Kohalpur Teaching Hospital (Clinical Science)
    • Nepalgunj Teaching Hospital
  • News & Events
    • Notices
    • Facebook Link
    • News & Media Coverage
    • Health Camp Update
  • Information
    • Rules & Regulations
    • Other Information
  • Services

नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल

Home / News List /नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल List
Aug 15, 2023

नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल

३० साउन, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।

दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा. निरज घिमिरे र डा. सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्‍याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो ।

‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा. निरज घिमिरेले भने, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’

चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को– खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । खगाको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ ।

‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किएकी छन् ।

‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा. गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’

डा. गौतम काठमाडौंको वीर अस्पतालबाट र डा. घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम.सी.एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत छन् । उनीहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा. नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा. कपिल पोखरेल, एसिस्टेन्ट डा. अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न थिए ।

अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा. नविन रेग्मी बताउँछन् । ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं,’ उनले भने ।

अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थालेकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताइन् । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’

न्यूरो सर्जन डा. गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ ।

यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा. गौतम बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ ।

‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा. गौतम भन्छन्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।’

Prev Next

Study

  • Programs
  • Admissions
  • Dates and Deadlines

Research

  • Directorate of Research
  • Research Collaborations
  • NGMC Research Portal
  • Policies
  • Clinical Research work

Discover

  • Introduction
  • Vision/Mission
  • History Background
  • Leadership
  • Administration
  • Location

Quick Links

  • News & Events
  • Downloads
  • Photo Gallery
  • Video Gallery
  • Grievance Handling
  • Contact Us

Contact Us

  • B.P.Chowk-12, Nepalgunj, Banke, Nepal (Managed by Lord Buddha Educational Academy LTD.)
  • Nepalgunj: +977 081 590908, +977 081 533518  
  • Kohalpur: +977 9858025219     
  • Chisapani: +977 081 401003  
  • Email: [email protected]
  • Admission Office (Academics): +977 81 590903
  • WhatsApp No: +977 9848030421
  • Email: [email protected]
©2025. Nepalgunj Medical College
Powered By : Peace Nepal DOT Com
X

Most Searched

Clinical Research work program clinical news new

Are you looking for?

I want to