Jun 4, 2021
शिक्षण अस्पताल कोहलपुरमा आइतवारदेखि ओपिडी सेवा
नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आइतवारदेखि ओपिडी सेवा सुरु गर्ने भएको छ ।
भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा अन्य सबै सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवामात्रै संचालनमा थियो । पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि ओपिडी सेवा संचालन गर्ने भएको हो ।
अस्पतालका निर्देशक डा भोजराज जोशीद्धारा जारी विज्ञप्तीमा विरामीहरुको मर्कालाई ध्यानमा राखेर कोभिड र ननकोभिडका दुवै सेवा नियमित हुने जानकारी दिइएको हो ।