Notice
Admissions for MBBS & BDS Programs (2025) are now open for NEET 2025 Applicants!! For More Details WhatsApp: ‪+977 9848030421
  • Phone:+977 081 590908, +977 081 533518
  • Email: [email protected]
  • Careers
  • Alumni Login
  • Contact Us
logo
Apply Now
  • Home
    • Introduction
    • Community Health Program
    • Recent News & Events
  • Discover
    • About Us
      • Vision/Mission
      • History
      • Leadership
      • Administration
      • Anti-Ragging Policy
      • Corporate Relations
      • Principal's Message
      • Chairman's Message
      • Founder/Director
      • A Message from the CEO
    • Campus Life
      • Hostel
      • Around Campus
      • Around Nepalgunj
      • Student Affairs
      • Student Welfare Committee
      • Libraries
    • Why Nepalgunj?
  • Study
    • Programs
      • Undergraduate (UG)
      • Post Graduate (PG)
      • Fellowship
      • Super-Specialty
      • Short Term Training/Courses
    • Admissions
      • Nepalese/Domestic
      • International/Foreign
      • Eligibility/ Criteria (MBBS)
      • Entrance Exams
    • Important Links
      • Fees
      • Scholarship
      • Medical Education Commission (MEC)
      • Kathmandu University
      • Nepal Medical Council
    • Downloads
      • e-Prospectus
      • Publication
  • Campus/Hospital
    • Chisapani Campus (Basic Science)
    • Kohalpur Teaching Hospital (Clinical Science)
    • Nepalgunj Teaching Hospital
  • News & Events
    • Notices
    • Facebook Link
    • News & Media Coverage
    • Health Camp Update
  • Information
    • Rules & Regulations
    • Other Information
  • Services

मेडिकल कलेजमा किन हुन्छ पटक–पटक आन्दोलन ?

Home / News List /मेडिकल कलेजमा किन हुन्छ पटक–पटक आन्दोलन ? List
Oct 29, 2021

मेडिकल कलेजमा किन हुन्छ पटक–पटक आन्दोलन ?

नेपालगञ्ज – पश्चिम नेपालको सबै भन्दा ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा चिकित्सकबाहेक करिब १२ सय कर्मचारी कार्यरत छन् ।

कर्मचारीहरुको हकहितका लागि भन्दै ३ वटा युनियन खोलिएका छन् । अस्पताल प्रशासनका अनुसार, कर्मचारी युनियनसंँग आबद्ध २० देखि २५ जना नेताहरु कामै नगरी तलब भत्ता खान्छन् । कलेजका हाकिमहरुले कर्मचारी युनियनका ती नेतालाई कामै लगाउन सक्दैनन् ।

कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कर्मचारी युनियनका २०÷२५ जना नेताहरुलाई कलेजमा आएर नेतागिरी नगर्ने हो भने घर मै बसे पनि २५ प्रतिशत तलब दिने घोषणा पत्रकार सम्मेलनमा गरेका थिए । प्रबन्ध निर्देशक कनोडियाको घोषणाले पनि कलेजमा युनियनको दबदबा कति रहेछ भनेर सहजै आकलन गर्न सकिन्छ । अस्पतालमा काम गर्ने अधिकाश कर्मचारीले अस्पताल नजिकै रहेका निजी फार्मेसी र प्याथोलोजी सञ्चालन गरिरहेका छन् । आफ्नै पसल नभएकाहरुले पनि कमिशन पाउने लोभले बिरामीहरुलाई अस्पताल बाहिर कै फार्मेसी र प्याथोलोजीमा पठाउँछन् । अस्पताल बाहिर कै फार्मेसी र प्याथोलोजीबाट औषधी र रिपोट नल्याउने बिरामीहरुको उपचारमा समेत भेदभाब गर्ने गरेको गुनासो बिरामीको छ ।

कोरोना महामारीका कारण २ बर्षदेखि मेडिकल कलेज घाटामा सञ्चालन भइरहेको मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडियाको भनाई छ । कोरोना संक्रमणको जोखिम बढेका कारण एमबीबीएसका विद्याथीहरुको भर्ना २०७७ श्रावण÷भदौमा हुनु पर्ने भए पनि हाल भएको छैन । २०७८ सालको भर्ना पनि अनिश्चित छ । एमबीबीएस प्रोग्राम र शिक्षण अस्पताल सञ्चालनबाट संकलन हुने रकम नै मेडिकल कलेजको आम्दानीको मुख्य श्रोत मानिन्छ । २०७५ सालसम्म एमबीबीएसको भर्ना शुल्क ४८ लाख थियो । नेपाल सरकारले भर्ना शुल्क घटाएर ४२ लाख ३६ हजार तोकेको कारण मेडिकल कलेजले पहिलेको शुल्क भन्दा ५ लाख ६४ हजार कम शुल्क मै विद्यार्थीहरुलाई पढाउदै आइरहेको जनाएको छ ।

सन् २०१४ सम्म नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएसको कोटा १ सय ५० जना थियो । तर त्यो संख्या घट्दै गएर २०१७ मा आइपुग्दा सयमा सीमित भएको छ । एमबीबीएसको कोटा ५० घट्दा कलेजले बार्षिक करिब २१ करोड आम्दानी गुमाउदै आएको जनाएको छ । एमबीबीएसको कोटा कटौती भए पनि कलेज ब्यबस्थापनले कर्मचारीको संख्या कटौती गर्न नसक्दा मेडिकल कलेजमा पछिल्ला दिनमा आबश्यकता भन्दा धेरै कर्मचारी कार्यरत छन् ।

अस्पताल प्रशासनले मेडिकल कलेज निरन्तर घाटामा गइरहेको बताएपनि कर्मचारी युनियनका नेताहरु त्यो मान्न तयार छैनन् । उनीहरुले अस्पतालका सेवाहरु नै बन्द गरेर निरन्तर आन्दोलन गर्दै आएका छन् । कर्मचारी युनियनका नेताहरुले तीन महिनाको अबधिमा २ पटक आन्दोलन गरिसकेका छन । ९ दिनसम्म अस्पताल जस्तो अत्याबश्यक सेवा प्रदान गर्ने संस्था बन्द हुँदा पनि मेडिकल कलेज प्रशासन मात्रै नभएर स्थानीय प्रशासन मुक दर्शक बन्यो । कर्मचारीले आफ्नो तलब भत्ता बढेन भनेर आन्दोलन गरेर बिरामीहरुको उपचार पाउने अधिकारलाई हनन् गर्दा पनि नागरिक समाजका अगुवाहरु समेत रमिते बने ।

शिक्षण अस्पतालमा ९ दिनदेखि जारी आन्दोलन तीन बँुदे सहमति पछि स्थगित भयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाईको मध्यस्थतामा मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको वार्तापछि स्थगित भएको हो ।

मध्यस्थता समितिमार्फत आन्दोलनरत कर्मचारीले उठाएका माग सम्बोधन गर्ने सहमति भए पछि आन्दोलन स्थगित भएको कर्मचारी नेताहरुले बताउदै आएका छन् । सहमति पछि शिक्षण अस्पतालमा जारी आन्दोलन आन्दोलन स्थगित गरेर सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने, मेडिकल कलेज प्रशासनले आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि कर्मचारीलाई कारबाही नगर्ने सहमति भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु सात बँुदे माग राखेर कार्तिक १ गतदेखि आन्दोलन गरिरहेका थिए । कर्मचारीहरुको आन्दोलनका कारण शिक्षण अस्पतालको इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका थिए ।

कर्मचारीहरुको आन्दोलनका कारण मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुर स्थित शिक्षण अस्पतालको ओपिडि सेवा बन्द हुँदा दैनिक १ हजार भन्दा बढी बिरामीहरुलाई उपचार सेवाबाट बन्चित भएका थिए । कर्मचारीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च, सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए ।

अस्पताल व्यवस्थापन पक्षले भने पत्रकार सम्मेलन नै गरेर कलेज घाटामा चलेको जनाउदै आर्थिक व्यवभार थपिने कुनै पनि माग पुरा गर्न नसकिने बताउदै आएको छ ।

Prev Next
News Oct 10, 2023
Nepalganj Medical College to provide specialist surgical services at Jajarkot Hospital
Nepalganj Medical College to provide specialist surgical...
View All
News Oct 7, 2023
नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा
नेपालगन्ज २० असोज ।...
View All
News Aug 15, 2023
नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल
३० साउन, बाँके ।...
View All
News Aug 9, 2023
नेपाली लगानी डुबाउने, विदेशीलाई पोस्ने | चिकित्सा शिक्षामा सरकारी नीति
सरकारले गरेको एउटा...
View All
News Apr 10, 2023
Celebrations of the 25th Anniversary with the first batch (1997) of the institution.
Celebrations of the 25th Anniversary with the first batch...
View All
News Jun 13, 2022
देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो
निजी क्षेत्रबाट...
View All

Catagories

  • News
  • Notice

Emergency Contact

If you have any questions or need help, feel free to contact us for medical assistance

Study

  • Programs
  • Admissions
  • Dates and Deadlines

Research

  • Directorate of Research
  • Research Collaborations
  • NGMC Research Portal
  • Policies
  • Clinical Research work

Discover

  • Introduction
  • Vision/Mission
  • History Background
  • Leadership
  • Administration
  • Location

Quick Links

  • News & Events
  • Downloads
  • Photo Gallery
  • Video Gallery
  • Grievance Handling
  • Contact Us

Contact Us

  • B.P.Chowk-12, Nepalgunj, Banke, Nepal (Managed by Lord Buddha Educational Academy LTD.)
  • Nepalgunj: +977 081 590908, +977 081 533518  
  • Kohalpur: +977 9858025219     
  • Chisapani: +977 081 401003  
  • Email: [email protected]
  • Admission Office (Academics): +977 81 590903
  • WhatsApp No: +977 9848030421
  • Email: [email protected]
©2025. Nepalgunj Medical College
Powered By : Peace Nepal DOT Com
X

Most Searched

Clinical Research work program clinical news new

Are you looking for?

I want to