चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै
काठमाडौं - चिनियाँ सरकारले अनुदानमा उपलक्ध गराएको कोभिड-१९ विरुद्धको खोप भेरोसेलको ५० हजार ४ सय डोज खोप नेपाल आइपुगेको छ।
चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो। पहिलो लटमा ५० हजार ४ सय खोप आएको छ। आज दिनभरमा ९ लाख डोज खोप नेपाल आइपुग्ने बताइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी भारत, चीन, अमेरिका र बेलायतका सरकार प्रमुखहरुलाई पत्राचार गर्दै कोभिड खोपका लागि सहायता गरिदिन अनुरोध गरेकी थिइन। त्यसको केही समयपछि नेपालका लागि चिनियाँ राजदुतले चीनले नेपाललाई १० ला डोज खोप उपलब्ध गराउने जानकारी गराएकी थिइन।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रखुम उपेन्द्र ढ्ंगानाले केही खोप विमानस्थलकै कोल्डरुपमा र बाँकी खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने जानकारी दिए।बाँकी एक लाख डोज खोप भने भोलि आइपुग्ने बताइएको छ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो।