नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने
नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको छ ।
कलेज र प्रतिष्ठानसँग सम्झौता सुरु गरेसँगै नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको हो ।
राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा २० अन्तर्गत सो सम्झौता सुरु गरिएको हो ।
ऐनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिनुपर्नेछ ।
जिल्लास्तरमा विशेषज्ञ सेवाका लागि केही मेडिकल कलेजसँग सम्झौता भएको छ भने केही प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
कुन अस्पतालले कहाँ सेवा दिँदै छन् ?
- नेपालगन्ज मेडिकल कलेज, बाँके– जाजरकोट अस्पताल
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – हुम्ला जिल्ला अस्पताल
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – गोरखा अस्पताल
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – दमौली अस्पताल, तनहुँ
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान – धनकुटा अस्पताल
- धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – सिन्धुली अस्पताल
- विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल
- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल – दोलखा अस्पताल
- नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल
- नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल
- चितवन मेडिकल कलेज –लमजुङ अस्पताल
- कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल, नवलपुर
- लुम्बिनी मेडिकल कलेज, पाल्पा – गुल्मी अस्पताल
- गण्डकी मेडिकल कलेज, पोखरा – स्याङ्जा अस्पताल, स्याङ्जा
- मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पोखरा–पर्वत अस्पताल
- नेसनल मेडिकल कलेज वीरगञ्ज– गौर अस्पताल
- युनिभर्सल मेडिकल कलेज, भैरहवा – रुकुम अस्पताल, रुकुम पश्चिम
- काठमाडौं मेडिकल कलेज – रामेछाप अस्पताल
- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस : सिन्धुपाल्चोक अस्पताल
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल
मन्त्रालयले सम्झौता गरेका अस्पतालले जिल्लास्तरमा बहिरंग सेवा बिरामीको रोग पहिचान र उपचारको व्यवस्था गरी अपरेसन, शल्यक्रिया गर्नुपर्ने, अप्रेसन गर्ने बिरामीको अप्रेसनपछिको जाँच, फलोअप र परामर्श दिनुपर्ने र महिला तथा प्रसूति सेवा साथै जटिल गर्भवती सेवा तथा परामर्श सेवा दिनेछन् ।