खजुरामा निशुल्क स्वास्थ्य शिविर गरिंदै
बाँकेको खजुरामा निःशूल्क स्वास्थ्य शिविरको गरिने भएको छ । आगामी शनिवार ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।
मेडिकल कलेजका सह–निर्देशक डा नितेशकुमार कनोडियाले खजुरा गाउँपालिका, नेपाली सेनाको भैरव प्रसाद गण इमामनगर ब्यारेक राँझा र लाइन्स एण्ड लियो क्लब खजुरासँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जानकारी दिए ।
शिविरमा जनरल स्वास्थ्य सेवा, शल्य चिकित्सा, नाक, कान, घाँटी, छाला रोग, बालरोग, आँखा, हाडजोर्नीलगायतको विशेषज्ञ सेवा प्रदान गरिने जानकारी दिंदै सह–निर्देशक डा कनोडियाले निःशूल्क औषधि वितरणसँगै परामर्श पनि दिइने जानकारी दिएका छन् । ‘स्वास्थ्य शिविरबाट रिफर भई अस्पतालमा चेकजाँच वा उपचारका लागि आउने बिरामीलाई निःशूल्क भर्ना, जनरल वेड चार्ज निःशूल्क, शल्यक्रिया शूल्कमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ,’ डा. कनोडियाले दैनिक नेपालगन्जसँग भने, ‘ दुरवीन प्रबिधिबाट शल्यक्रिया देखि ल्याव जाँच, तथा अन्य जाँचमा २५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।’